|
फाइल

काठमाडौँ : राष्ट्रियसभाले पूर्वसांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्वसांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। त्यसैगरी बैठकमा उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरेको थियो।

महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत रहेकी स्वर्गीय पाण्डे नेपाली काँग्रेसका तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्यका साथै २०६४ को संविधानसभा सदस्य थिइन्।

राष्ट्रियसभाको अर्को बैठक जेठ २२ गते सोमबार अपराह्न १ :०१ बजे बोलाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.