|

इलाम : बाग्मती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि कर्णाली र बाग्मतीले जितेका छन्। आइतबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली नेपाल आर्मीलाई १९–१४ अन्तरले हराउँदै कर्णालीले उपाधि जितेको हो।

महिलातर्फ आर्मीलाई २१–५ हराउँदै बाग्मतीले उपाधि जितेको छ। विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार प्राप्त गरेका छन्।

प्रतियोगिताअन्तर्गत आज सेमीफाइनल र फाइनल खेल भएका थिए। पुरुषतर्फको सेमीफाइनलमा एपिएफलाई २०–५ ले हराउँदै आर्मी फाइनल पुग्दा कर्णालीले २२–५ ले कोशी प्रदेशलाई हराएको थियो। 

महिलातर्फ आर्मीले एपिएफलाई ३६–० ले हराउँदा बाग्मतीले कर्णालीलाई ४७–० ले हराएको थियो। प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाएका थिए। 

प्रतियोगितामा नेपालमा रहेका सातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती  प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता  र ३ वटा विभागिय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र नेपाल एपीएफ क्लबले सहभागी थिए।

पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लब सहभागी भएनन्। प्रतियोगिताबाट नेपाल रग्बी संघले कतारमा संचालन हुन गईरहेको एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एसियन गेम्सका लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.