|

विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेशका उपनेता हिमाल कार्कीले नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको बताएका छन्।

आज बसेको  कांग्रेस संसदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कार्कीले बैठक पछि बताएका हुन्।

'नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ', उनले भने, 'प्रदेश संसदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।'

उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने अवस्था सिर्जना भएको बताउँदै नयाँ सरकारको निमित्त गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए।  उनले केन्द्रले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने समेत उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.