|

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ। मंगलबारको कारोबारमा नेप्से परिसूचक १ दशमलव ३५ प्रतिशतले बढेर १ हजार ९२७ दशमलव ६५ अङ्कमा कायम भएको छ।

आजको कारोबारमा २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता शेयर ३६ हजार ११८ पटक खरिदबिक्री हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबै समूहका उपसूचक हरियो देखिएका छन्। सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४३१ दशमलव ६९ र होटल तथा पर्यटन समूहको उपसूचक १५६ दशमलव ९४ अङ्कले बढेको छ।

बैंकिङ समूह १ दशमलव ८०, विकास बैङ्क २७ दशमलव ४८, वित्त १८ दशमलव ५५, जलविद्युत् ७५ दशमलव ७५ र लगानी शून्य दशमलव ६६ अङ्कले बढेको छ। 

उत्पादन तथा प्रशोधन ३२ दशमलव ४६, म्युचुअल फन्ड शून्य दशमलव १८, व्यापार २९ दशमलव ८४ र अन्य समूह ३ दशमलव ९५ अङ्कले बढेको छ।

आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ८५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सेन्चुरी डिबेञ्चर २०८८ को शेयर मूल्य ३ दशमलव ०४ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सोल्टी होटल लिमिटेडको ९ करोड ६८ लाख ७२ हजार ४३३ बराबरको २ लाख ८४ हजार ९५५ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.