|

काठमाडौं : तराईलगायत काठमानडौं उपत्यकाको तापक्रम अझै केही दिन नघट्ने देखिएको छ। तराईका भूभागमा तातो हावा तथा लू चल्ने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बुधबार पनि भैरहवा, जनकपुर र विराटनगरको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ। मंगलबार भैरहवामा ४०.९, विराटनगरमा ४०.४, जनकपुर र सिमारामा ४१ डिग्री सेल्सियस मापन गरिएको थियो। बुधबार जनकपुरमा ४०, भैरहवामा ४१ र जनकपुरमा ४२ डिग्री सेल्सियस सम्म अधिकतम तापक्रम पुग्ने अनुमान छ। 

बुधबार देशमा  पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। अहिले पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.