|
प्रतीकात्मक तस्विर

म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ। 

बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, वडा कार्यालयले भिरमहको शिकार गर्न ठेक्का लगाउँछ। यो वर्ष भिरमहको सिकार गर्न गाउँका तीनजनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह संकलन गर्ने ठेक्का पाएका छन्। भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ । 

भिरमहको सिकारबाट प्राप्त भएको आम्दानीले गाउँमा रहेको रितुङ माध्यमिक विद्यालयमा कार्यरत चार शिक्षकको पारिश्रमिकबापतको रकम भुक्तानी गर्ने गरिएको वडा सदस्य अगेन्द्र छन्त्यालले बताए। 

‘वडा कार्यालयको संयोजनमा भिरमहको ठेक्का लगाएर प्राप्त भएको रकम विद्यालयमा रहेका निजी स्रोतका शिक्षकलाई तलब दिने गरेका छौँ’, उनले भने,‘शिक्षकलाई तलब दिने अन्य आम्दानी नभएपछि विगत पाँच वर्षदेखि भिरमहलाई स्कुलको आम्दानीको स्रोतका रूपमा लिने गरेका हौँ।’ 

अघिल्ला वर्षहरूमा ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेकोमा यो वर्ष तीन लाख रुपैयाँमा ठेक्का लगाएको उनले जानकारी दिए। पछिल्लो समय भिरमहको सिकार गर्ने सिकारीहरूको अभाव हुन थालेपछि रकम पनि घटेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.