|

काभ्रेपलाञ्चोक : बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। 

काठमाडौंबाट बनेपा आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले गएराति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो।

सख्त घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। 

प्रहरीले गाडीका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.