|

काठमाडौं : लुम्बिनी प्रदेशले सरकारको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ।
 

शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा  सरकारको नीति तथा कार्यक्रम ल्याउने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जनाएका छन्। 

दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो।​ प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो। 

यसअघि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलिपल्टका लागि सारिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.