|

काठमाडौँ : नेकपा एमालेका पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको खुलासा गरेका छन्।

बुधबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उमेर हद हटाए राष्ट्रियसभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री गौतम नेकपा (एमाले)मा प्रवेश वामदेव गौतमले एमाले आउने कुरा गरेको भन्दै प्रश्न गरेका थिए। ओलीले यो विषयमा थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिएका छन्।

ओलीले गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको स्पष्ट पारे। ओलीले भने, ‘उहाँले सदस्यता त्यहीँ छ भन्नुभयो‚ होइन? अब कुरा केही कुरा बाँकी छ ? उहाँले बीचमा पार्टी होइन एउटा मञ्च बनाउनु भयो। एकता अभियान चलाउनुभयो। त्यो पार्टी खोलेको होइन। एमालेमा जान्छु भन्नुभएको छ। त्यो ठिक छ। उहाँको पार्टी सदस्यता एमालेमै छ।’

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाइ उचित भएको पनि बताए।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै गौतमले साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका थिए।

त्यसका लागि अध्यक्ष ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने गौतमको शर्त छ। विगतमा आफूलाई रोक्नकै लागि उक्त प्रस्ताव ल्याइएको गौतमको कथन छ। उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरे।

आफूले निर्माण गरेको पार्टी भएकाले एमालेको माया लाग्ने गौतमले बताएका थिए। उनले केही दिनभित्रै पार्टी सदस्यता नवीकरण गर्ने समेत खुलासा गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.