धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०।८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ। यसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउनेछ।
यसैगरी प्रदेश सरकारले आमनागरिकका गुनासो सुन्न हेलो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।