|

काठमाडौं : सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

सहकारीबाट ठगिएका पीडितहरू एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै उनीहरूले  माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

सहकारी बचतकर्ता पीडितहरूले सहकारीहरूले आफूले बचत गरेको रकम सहकारीहरूले  अविलम्ब फिर्ता गर्नुपर्ने माग गरेका छन्। उनीहरूले सहकारी र सरकारविरुद्ध चर्का नारासमेत लगाएका छन्।

आफ्नो बचत रकम फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारसम्म याचना गर्दा पनि कहीँ कतैबाट सुनुवाइ र सहयोग नपाएकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनीहरूको भनाइ छ।

केही तस्वीर झलक :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.