|

सल्यान : सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ। जिल्लाको शारदा नगरपालिका-१ कुइरेपानीस्थित शारदा नदीको दहमा बिहीबार साँझ सालनाल सहितको नवजात शिशु मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शारदा नदीको दहमा शिशुको लास तैरिरहेको अवस्थामा शारदा नगरपालिका १२ का वडाध्यक्ष सुरेन्द्र बुढाले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।​

नवजात शिशुको शवको पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल पठाइएको उनको भनाइ छ। घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.