|

 काठमाडौं : युईएफए च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक गरिएको छ। 

यो सिजनको च्याम्पियन्स लिग फाइनल इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा हुनेछ। शनिबार राति हुने फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालीको इन्टर मिलान आमने–सामने हुँदै छन्।  दुवै टिमका खेलाडी पनि प्रतिस्पर्धाका लागि इस्तानबुल पुगिसकेका छन्। 

पेप ग्वार्डिवालाको टोली सिटी पहिलोपटक युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ। म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै एफए कप जितेको सिटीले प्रिमियर लिगको उपाधि पनि रक्षा गरेको थियो।  

सिटीका मुख्य स्ट्राइकर अर्लिङ हालान्डले सबै प्रतिस्पर्धामा गरी सिजनमा ५३ गोल गरिसकेका छन्। सिजनमा तेस्रो उपाधि जित्नबाट सिटीका लागि अब एक मात्र बाधक मिलान हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.