|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका वर्गीय संगठनहरूले संयुक्त रूपमा भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दुराष्ट्रको माग राखेर आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

शुक्रबार दिउँसो बबलमहलबाट सुरु भएको जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको छ। सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गरेका थिए।

नेपाली भूमि सट्टापट्टा नीतिको राप्रपा नेपालले चर्को आलोचना गर्दै आएको छ। प्रदर्शनकारीहरूले सरकार र उसका गतिविधिविरुद्ध चर्को नारबाजी गरेका थिए।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.