|

काठमाडौं : नेपालमा दैनिक कोरोना संक्रमितको संख्या शून्य हुन थालेको छ। शुक्रबार १०३८ वटा नमुना परीक्षण गर्दा संक्रमितको संख्या शून्य रहेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शुक्रबार ३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। 

नयाँ संक्रमितको संख्या कम हुँदै गएको समयमा हाल देशभर जम्मा ११ जना नयाँ संक्रमित रहेका छन्। 

जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि संक्रमण कम भएपछि नेपालमा यसको प्रभाव देखिएको हो।

गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखिएपछि नेपालमा संक्रमण बढिरहेको थियो। नेपालमा कोरोना भाइरसको संक्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वैच्छिक बनाइएको छ। 

विश्व स्वास्थ्य संगठनले पनि कोरोना भाइरस न्यून भएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्‌काल नरहेको घोषणा गरेको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.