|

काठमाडौं : टेकु स्थित कौशी थिएटरमा नाटक ‘त्रयम्’ मञ्चन भइरहेको छ। नाटकमा काठमाडौंको एउटा फ्ल्याटमा भाडामा बस्ने तीन जना युवतीको कथा समेटिएको छ।

एक अर्कासँग पटक्कै नमिल्ने स्वभाव भएका तीन युवती सँगै बस्न बाध्य छन्। आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा घटेको घटनाक्रमले एकअर्काप्रतिको बुझाइमा ल्याउने परिवर्तन नै नाटकको कथावस्तु हो।

परिवारका सदस्य तथा छिमेकका पुरूषबाट नै हिंसामा पर्ने गरेको घटनालाई नाटकमा उजागर गर्न खोजिएको छ। ​त्रयम् मा संगीता थापा, रक्षा थापा र पूर्णिमा आचार्य शीर्ष भूमिकामा छन्। साथै श्रवण रानामगर, नाथन रायन भण्डारी लगायतको पनि अभिनय रहेको छ।

दिलीप रानाभाटको परिकल्पना तथा निर्देशनमा  तयार भएको नाटक यही जेठ २८ गतेसम्म साँझ ५:३० बजे मञ्चन हुने छ।

शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.