|

जुम्ला : बालविवाह न्यूनीकरणका  र प्रजनन स्वास्थ्यसम्बन्धी सञ्चारकर्मीसँग अन्तरिक्रया कार्यक्रम गरिएको छ। आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको सहयोगमा जुम्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष नेत्रबहादुर शाहीले बालविवाहले बालबालिकालाई आधारभूत अधिकारबाट बञ्चित गराउने हुँदा आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रक्रियामा समस्या भएको बताए। उनका अनुसार आफ्नो अधिकारबाट समेत बालबालिकाहरु वञ्चित हुने गरेका छन्। जुम्लामा अहिलेसम्म बालविवाहको यकिन तथ्याङ्क छैन।

क्याड नेपालका कार्यक्रम संयोजक अजयकुमार महर्जनले पुण्य कमाउने लालसा तथा धार्मिक मान्यताका कारण बालविवाहले निरन्तरता पाएको बताए। उनले भने, ‘उमेर नपुगी विवाह गरिदिँदा प्रजनन स्वास्थ्यमा असर परेको छ।’

क्याड नेपालका फिल्ड संयोजक देवेन्द्र आचार्यले बालविवाह न्यूनीकरणको हिमा, सिंजा र कनकासुन्दरीमा कार्यक्रम गर्दै आएको बताए। उनले भने, ‘क्याड नेपाल स्थानीय सरकारसँग मिलेर बालविवाह न्यूनीकरणमा लागेको छ।’ उनले यस्ता कार्यक्रमबाट बालविवाह रोक्न सकिने हुँदा यस्ता कार्यक्रमको निकै महत्व हुने बताए।

प्रशिक्षक प्रेमसिंह ठकुरीले बालविवाह र छाउपडी जस्ता कुप्रथा अन्त्यका लागी धामी झाँक्रीलगायतसँग सम्वाद गर्न जरुरी रहेको बताए। उनले कुनै पनि धर्मले सानो उमेरमा विवाह गर्नुपर्छ र छाउपडी मान्नु पर्छ भनेर नभनेको बताए। त्यसैले  बालविवाह न्यूनीकरणमा आ-आपनो क्षेत्रबाट भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

बालविवाह न्यूनीकरण र प्रजनन् स्वास्थ्यसम्बन्धी पत्रकारको भूमिकाबारे कार्यशाला गोष्ठीमा बालविवाह र यसको असर, न्यूनीकरण गर्ने उपाय‚ पत्रकारहरुले खेल्नुपर्ने भूमिकाको विषयमा सुझाव संकलन पनि गरिएको छ। छाउपडी प्रथा र बालविवाह जस्ता सामाजिक कुरीतिविरुद्धको अभियानमा काम गर्ने अभियन्ताको समेत विचार परिवर्तन  हुनुपर्ने देखिएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.