|

काठमाडौं : पछिल्लो दिन काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्दै गएको छ। मध्य तथा पश्चिमी तराईका भूभागमा तापक्रम अझै केही दिन नघट्ने र तातो हावा चल्ने क्रम जारी रहने अनुमान गरिएको छ।
बढ्दो गर्मीले युवा, वृद्धादेखि बालबालिकाहरु सम्मलाई प्रभावित पारी रहेको छ। जसले गर्दा घरबाहिर निस्कँदा चर्को गर्मी अनुभव गरिएको छ। गर्मी बढेसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिने गर्छ त्यसैले गर्मीमा २ बर्ष भन्दा मुनिका बालबालिकालाई बचाउन अपनाउनुस् यस्ता उपायहरु:-

-स्तनपान गराइरहेका बालबालिकाका लागि नियमित स्तनपान गराइरहने।
 -ठोस खानेकुराका अलावा झोलकुरा प्रशस्त खुवाउने।
-घरमै बनाएको स्वस्थकर खानेकुरा खुवाउने।
-चिसो पानीले नुहाउने।
-पसिना सोस्ने खालका सुतीका नरम कपडा खुकुलो हुने गरी लगाइदिने।
-घाममा नराख्ने वा घाम लागेको बेला बाहिर ननिस्कने नहिँड्ने शीतलमा बस्ने।
-मौसमी तथा ताजा फलफूल राम्ररी धोई पखाली गरी खुवाउने। यस्तै यदि ज्वरो आएमा पानी प्रशस्त खुवाउने तथा कुनै असामान्य लक्षण जस्तै रिँगटा लागे जस्तो आलस्यता भएमा, बान्ता गरेमा सास फेर्न गाह्रो भए जस्तो देखिएमा या बच्चा बेहोस भएमा तत्काले नजिकैको स्वास्थ्य संस्था लगिहाल्नुपर्छ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.