|

धनगढी : कैलालीमा होटलमा बसेका एक व्यापारी सम्पर्कविहीन भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिकाको चिसापानीस्थित एक होटलमा बसेका उद्योग वाणिज्य संघ सुर्खेतका महासचिव समेत रहेका भद्र भण्डारी मंगलवारदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भण्डारी गत मंगलवार धनगढीबाट सुर्खेतका लागि हिँडेका थिए। चिसापानीमा वास बसेका उनको होटलमा गाडी र मोबाइल भेटिएको छ तर भण्डारीको अहिलेसम्म कुनै पत्तो छैन।​

बेवारिसे भेटिएका समान प्रहरीले नियन्त्रणमा लिएको छ भने उनको विभिन्न कोणबाट खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। भण्डारी सम्पर्कविहीन हुनुको कारण खुल्न सकेको छैन।

उनकी पत्नी कृष्णा भण्डारीले भने अनुमतिबिना कुनै पनि प्रकारको समाचार पोष्ट नगर्न सामाजिक सञ्जाल फेसबुकमा आग्रह गरेकी छन्। यद्यपि उनले त्यसको कारण खुलाएकी छैनन्। उनलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.