|
तस्वीर : प्रदीपराज वन्त । रासस

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिबार पशुपतिनाथको दर्शन गरेका छन्।

आफ्नै देशका मन्दिरहरूलाई कम महत्त्व दिएको भन्दै चर्को आलोचना खेपिरहेका प्रचण्ड आज साँझ पशुपतिनाथको मन्दिरमा पुगेका हुन्।

भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेर गेरु वस्त्र सहित पूजापाठमा रमेका प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेको ६ महिनामा पहिलोपटक पशुपतिमा पुगेर दर्शन गरेका हुन्।

पशुपति पुगेका प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती पनि मन्दिर पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.