काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिनाथको बसपार्कमा अनियमितता देखिएको भन्दै सम्झौता भंग गरेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएको बताएका हुन्।
उनले अर्को प्रकृया पूरा नहुँदासम्म पार्किङ नि:शुल्क गरिएको जानकारी दिए।
उनले भनेका छन्, ‘पशुपतिनाथको बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएकोले सम्झौता भंग गरिसकिएको छ, अर्को प्रक्रिया पूरा नहुँदासम्म पार्किङ्ग नि:शुल्क गरिएको जानकारी गराइन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।