|

काठमाडौँ : यो वर्षको इन्द्रजात्रा असोज ६ गतेदेखि सुरु भएर असोज १५ गते सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ।

इन्द्रजात्रा अवलोकनका लागि जुद्ध शालिकदेखि कुमारी घरसम्म राष्ट्रपति रामचन्द्र पौडेललाई बग्गीमा राखेर लैजाने तयारी भएको छ। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने राष्ट्रपति पौडेललाई बग्गीमा भन्दा पैदल नै लैजानु पर्ने प्रस्ताव गरेका छन् । सुरक्षाका हिसाबले बग्गीमा लैजानुपर्ने प्रस्ताव राखे पनि बालेनको असहमतिका कारण निर्णय नभएको जात्रा व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए । 

जात्राको मुख्यदिन असोज १५ गते हनुमानढोका कुमारी घर पुग्ने राष्ट्र प्रमुखलाई बग्गीमा या पैदल नै लैजानेबारे समितिले सुरक्षा निकाय र काठमाडौँ महानगरपालिकासँग छलफल गर्ने बताएको छ ।

राष्ट्रपति पौडेलले पहिलो पटक राष्ट्र प्रमुखका रूपमा इन्द्रजात्राको अवलोकन गर्न लागेका हुन्। हाल जुद्ध शालिकदेखि कुमारी घरसम्म सवारी साधन प्रवेश निषेध छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.