सुदूरपश्चिम : नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व-उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानको रक्षा र यसको सार्थक कार्यान्वयनका पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन्।
संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज धनगढीमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा पौडेलले स्व सुवासको नेतृत्वदायी भूमिका कै कारण जारी हुन सफल भएको यो संविधानको रक्षा र सार्थक कार्यान्वयनको जिम्मेवारी पनि हाम्रै काँधमा आएको बताए।
दुनियाँका उत्कृष्ट लोकतान्त्रिक संविधानको सूचीमा नेपालको संविधान रहेको उल्लेख गर्दै उनले भने, “यो संविधान निर्माणमा स्व नेम्वाङले नेलेकाे भूमिका अतुलनीय छ ।”
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेका सुवास आफ्नो कर्मका कारण सुवास छर्नमा सफलता पाएका व्यक्ति थिए भने।
नेपाली कांग्रेसका नेतासमेत रहेका शाहले संविधानको मर्मलाई गाउँ बस्तीमा हामीले पुर्याउन सकेका छौँ/छैनौँ भन्नेमा सबैले गम्भीर हुने बेला आएको बताउँदै यसको पूर्णपालनातर्फ सबै लाग्नुपर्नेमा जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।