|

गुल्मी : कालीगण्डकी करिडोरमा ठूलो चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

करिडोरको रिडी रुद्धवेनी खण्डको रुरुक्षेत्र गाउँपालिका–१ विष्णुपञ्चरमा बुधबार राति माथिबाट ठूलो चट्टान सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सडक खुलाउन ‘हेभी इक्युमेन्ट’ डोजर प्रयोग गरिएको बताउँदै दिउँसो सम्ममा सडक खुलाउन सकिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए।

करिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी साधन र यात्रु अलपत्र परेका छन्।

रिडी,रुद्धवेनी हर्मिचौर सडक खण्डको सडक कालोपत्रे गर्नका लागि शर्मा सगुन जेभीले काम गरिरहेको कालीगण्डकी करिडोर गैडाकोट ,राम्दी  मालढुंगा सडक योजना कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्यले जानकारी दिए ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.