थिमी : भक्तपुरको मध्यपुर थिमी नगरपालिका चोडे टोलका बालकराम श्रेष्ठले दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडाएका छन्।
भाद्र शुक्ल पूर्णिमा अर्थात् येँया पुन्हिको अवसरमा शुक्रबार राति उनले दिगु भैरव मन्दिर परिसरमा जिब्रो छेडाएका हुन्।
लगत्तै उनी श्रेष्ठले १७ वटा दीप बलेको बासबाट निर्मित चन्द्राकारको भ्य काधमा बोकेर पैदलयात्रामार्फत् पशुपतिनाथ र गुह्येश्वरीको दर्शन गरे।
दिगुटोल, सिद्धिकाली, सानोठिमी, पेप्सीकोलाहुँदै गुहेश्वरी हुदै पशुपति परिक्रम गरी उनी पुनः थिमि पुगेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।