|

जनकपुरधाम : अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै गलत हल्लाका कारण मात्र परिस्थति प्रतिकुल बन्न गएको बताएका छन्। 
शनिवार जनकपुरधाम उद्योग वाणिज्य संघको ५६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले गलत हल्लाका कारण पैसा भएका निजी क्षेत्र लगानी नगरेर प्रतिक्षारत रहेकाले पनि यस्तो स्थिति सिर्जना भएको बताए। उनले देशको अर्थव्यवस्थामा क्रमिक सुधार भइरहेको दावी गरे।

कोभिडको अन्त्यपछि पर्यटकको आगमनमा वृद्धिका कारण देशको अवस्था सुधाराेन्मुख रहेकाे र रेमिट्यान्स आएको तर गलत हल्लाका कारण घर र बैंकमा पैसा थन्किएकाले व्यापक समस्या जस्तो देखिएको अर्थमन्त्रीको भनाइ थियो ।

मधेशसहितका प्रदेशहरुमा आवश्यक बजेट विनियोजनमा केही त्रुटी भएको उनले स्वीकार गरे। मन्त्री डा. महतले त्यसअघि जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानीमा गठबन्धन भित्र केही असमझ्दारी र असन्तुष्टि रहेको भए पनि विस्तारै समाधान हुँदै सरकार आफ्नो लयमा फर्किरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.