|

संखुवासभा : जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रसारणलाइनको विद्युत बालिएको छ। दुर्गम गाउँमा विद्युत पुगेपछि स्थानीय खुसी व्यक्त गरेका छन्। यो सँगै जिल्लाका १० वटै स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइन पुगेको छ। 

विद्युत प्रसारण लाइन पुगेपछि भोटखोला –४ र ५ नम्बर वडाका करिव ७० घर लाभान्वित हुने नेपाल विद्युत् प्राधिकरण संखुवासभाका प्रमुख सञ्जीव कर्णले बताए। भोटखोला गाउँपालिकाको केन्द्र गोला बजारमा अहिले ५० केभिएको ट्रान्सफर्मर राखेर बत्ती बाल्न सफल भएको उनको भनाइ छ।

निकै लामो संघर्षपछि भोटखोलामा बिजुली बत्ती बाल्न सफल भएको नेपाल विद्युत् प्राधिकरण संखुवासभाका प्रमुख कर्णले बताउनुभयो। सुगम र दुर्गम सबै ठाउँमा राष्ट्रियस्तरका विद्युतीकरण पुर्‍याउने लक्ष्य अनुसार भोटखोलामा राष्ट्रिय प्रसारण लाइन जोडिएको कर्णले बताए।

जिल्लाको मकालु र सिलिचोङ गाउँपालिकाको केन्द्रसम्म विद्युतीकरण भए पनि वडा र गाउँस्तरसम्म भने विस्तार हुन बाँकी रहेको विद्युत् प्राधिकरणले जनाएको छ। खाँदबारी, चैनपुर, मादी, पाँचखपन र धर्मदेवी नगरपालिकाका साथै सभापोखरी र चिचिला गाउँपालिकामा राष्ट्रिय लाइनको विद्युत्तीकरण विस्तार भएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.