काठमाडौँ : मुख तथा अनुहारसम्बन्धी शल्य-चिकित्सकहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरु भएको छ।
मुख तथा अनुहारको शल्यचिकित्सा क्षेत्रको नयाँ ज्ञान, सीप र प्रविधि भित्र्याउने उद्देश्यकासाथ शनिवारबाट सो अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको हो ।
दुई दिनसम्म चल्ने सो सम्मेलनमा विभिन्न ६ वटा मुलुकका मुख तथा अनुहारसम्बन्धी विशेषज्ञहरूले नौ वटा कार्यपत्र प्रस्तुत गर्नेछन्।
नेप्लिज एशोसिएशन अफ ओरल एण्ड म्याक्सिल्लोफेसियल सर्जन (एनएओएमएस) का महासचिव डा. किशोर भण्डारीले सम्मेलनमा संसारका यस विधाका विज्ञहरूलाई बोलाइएको बताए।
अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, इटाली, बेल्जियमलगायतका मुलुकबाट विज्ञ शल्य चिकित्सक सहभागी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।