|

काठमाडौं : दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

सोमबार बिहान पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस लमही नगरपालिका–४ बगइसोतामा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन्।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार बिहान करिब ५ बजे अनियन्त्रित भई  बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको उपचार लमही अस्पतालमा भइरहेको उनले जानकारी दिए।

धेरै चोटपटक लागेकाहरूलाइ थप उपचारका लागि अन्य जिल्लामा पठाएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.