|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले दुई फरक ‘अपरेसन’ बाट चार हजार ४४ एम्पुल लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार गत असोज ७ गते  वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पोखरा महानगरपालिका–१४ चाउथे बस्ने सन्तोष थापा र केशबहादुर कुमाललाई पक्राउ गरेको हो। उनीहरूले कोठामा लुकाएर राखेको अवस्थामा डाइजेपाम एक हजार २०२ एम्पुल, फेनरागन एक हजार ३६१ एम्पुल, नुर्फिन एक हजार १३२ एम्पुल, गाँजा ३०० ग्राम र कोडिङ फोस्फेट ९० ट्याब्लेट बरामद भएको छ।

उनीहरूबाट डाइजेपाम, फेनरागन, नुर्फिन लेखेको लेबलिङ, सात थान मोबाइल फोन सेट, ट्याब्लेट एक  थान र नगद छ लाख ३२ हजार २१० रुपैयाँ पनि बरामद भएको छ। यही घटनामा स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने ३१ वर्षीय सन्तोष थापा र पाल्पाको माथगढी गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथे बस्ने वर्ष ४० को केशबहादुर कुमाल पनि पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि लागुऔषध मुद्दामा अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ।

यस्तै असोज ७ गते नै पोखरा महानगरपालिका–८ सङ्गम मार्ग स्थित सडकमा स्कुटरको भाइजरमा राखेको अवस्थामा ३५० एम्पुल लागुऔषध बरामद भएको छ। ग २१ प ४०२४ नम्बरको स्कुटरमा सवार पोखरा महानगरपालिका–१६ तल्लो दीप बस्ने वर्ष ४२ का सन्तोष गुरुङले भाइजरमा लुकाएर राखेको अवस्थामा डाइजेपाम ११७ एम्पुल, फेनरागन ११६ एम्पुल र नुर्फिन ११७ एम्पुल बरामद भएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.