|

मेक्सिकोमा एउटा चर्चको छत भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। २० जना भग्नावशेषमा पुरिएका छन्। उनीहरुको उद्धारका काम भइरहेको जनाइएको छ।

त्यहाँको तटीय राज्य तमाउलीपास स्थित चर्चमा झण्डै एक सय मानिस जम्मा भएर प्रार्थना गरिहरहेको समयमा अचानक छत खसेको थियो। घटनामा घाइते भएका ५० जनालाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। यसैबीच स्पेनको एउटा रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

दक्षिण–पूर्वी स्पेनको मार्सिया सहरमा आज आगलागीमा अरु कयौँ व्यक्ति घाइते भएका छन्। आगलागीको घटनामा १४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एक व्यक्तिको जन्म दिनका अवसरमा परिवारसहित क्लबमा जम्मा भएका धेरै छन्। प्रहरीले आगलागीको कारणबारे थाहा हुन नसकेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.