इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएको इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ।
आगो निभाउन स्थानीय बासिन्दा, सुरक्षा सशस्त्र बललगायत खटिका थिए। आगलागीको कारण भने अझै पनि पुष्टि हुन सकेको छैन।
यसैबीच घटनास्थलमा पुगेर ३० वटा एम्बुलेन्सले घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा पुर्याएका छन्। चार तलासम्म फैलिएको आगोले प्रहरी परिसरको मुख्य पर्खाल पूर्णरूपमा ध्वस्त भएको छ।
आगो नियन्त्रणमा नआएसम्म भवन पूर्णरूपमा खाली गर्न सबै कामदारलाई निर्देशन दिइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।