|

काठमाडौं : नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ। 

साँझ साढे ५ बजेबाट मतगणना सुरु भएको अध्यक्ष मण्डलकी सदस्य एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालले बताइन्। 

कोशीमा आइतबार राति १० बजेदेखि सुरु भएको मतदान सोमबार विहान ५ बजे सकिएको थियो।  ९ सय ९७ जना प्रतिनिधि रहेकोमा ९ सय ७७ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत चुणामणि आचार्यले जानकारी दिए।

दिउँसो १ बजेनै मतगणना गर्ने भनिए पनि ढिला गरि सुरु भएको हो । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितका पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । 

अध्यक्षमा मोरङका घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार हुनुहुन्छ । उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।

सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी प्रतिस्पर्धामा छन् । उपसचिवमा देवान राई, खेम नेपाली र जलवर्षा राजवंशीको उम्मेदवारी छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.