|

विराटनगर : नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। सोमबार सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् ।

मोरङ लेटाङका खतिवडा  ५१२ मत ल्याई विजयी हुँदा प्रतिस्पर्धी विनोदप्रसाद ढकालले ४३० मत ल्याए। ३५ मत बदर भएको छ।

खतिवडा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित पूर्वसांसद् तथा नेकपा एमाले कोशी प्रदेश सचिवालय सदस्य हुन्। 

उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ सर्वसहमत निर्वाचित भएका छन्।

यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन्। उनीहरू खतिवडाकै प्यानलबाट विजयी भएका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.