|

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको बालबालिकाका लागि मलेरियाको आर–२१/म्याट्रिक्स–एम नामक दोस्रो खोप आर–२१/म्याट्रिक्स–एम सिफारिस गरेको छ।

आर २१÷म्याट्रिक्स–एम खोप सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको हो र बुर्किना फासो, घाना र नाइजेरियामा प्रयोगका लागि अनुमति दिइसकिएको छ ।

‘मलेरिया अनुसन्धानकर्ताको रूपमा, म त्यो दिनको सपना देख्थेँ जुन दिन हामीसँग मलेरियाविरुद्ध सुरक्षित र प्रभावकारी खोप हुनेछ। अहिले हामीसँग दुई विकल्प प्राप्त भएका छन्’,डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले भने।

सन् २०२१ मा बेलायती औषधि कम्पनी जीएसकेले उत्पादन गरेको आरटीएस एस खोप मध्यमदेखि उच्च औलो सङ्क्रमण भएका क्षेत्रका बालबालिकामा औलो रोकथामका लागि डब्लुएचओले सिफारिस गरेको पहिलो खोप बनेको थियो।
 
डब्लुएचओका अफ्रिकाका लागि क्षेत्रीय निर्देशक डा. मात्शिडिसो मोएतीले नयाँ खोपले माग र आपूर्तिबीचको ठूलो खाडललाई कम गर्न मद्दत पुर्‍याउने बताए। 

‘यी दुई खोपले औलो रोकथाम र नियन्त्रण प्रयासलाई मजबुत बनाउन र अफ्रिकाका लाखौं युवाको जीवनलाई यस घातक रोगबाट बचाउन मद्दत गर्न सक्छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.