|

काठमाडौं : भारतविरुद्ध नेपालले चौथो विकेट लिएको छ। 

जारी एसियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइनलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतका कप्तान रुतुराज गायकवाड २५ रन बनाएर आउट भएका छन्। रुतुराजलाई दिपेन्द्र सिंह ऐरीले आउट गरेका हुन्।  

यस्तै तिलक बर्मा २ रन बनाएर सोमपालको बलमा आउट हुँदा जितेश शर्मा ५ रन बनाएर पेभिलियन फर्किए। ओपनर यजस्वी जैसवालले शतक पूरा गरेर आउट भए। जैशवाललाई दिपेन्द्रले नै पेभिलयन फर्काए। आक्रामक ब्याटिङ गर्दै  जैसलावले ४८ बलमा शतक पूरा गरेका हुन्। 

भारत १६औँ ओभरमा तीन विकेट गुमाएर १५१  रन बनाएर खेलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.