|

काठमाडौं : बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो ६ दशमलव  ३ रेक्टर स्केलको भूकम्प जाँदा एक विद्यालयमा क्षति पुगेको छ। 

 जयपृथ्वी नगरपालिका-४ गोलाइमा रहेको बाल विकास माविको भवनमा क्षति पुगेको हो। पहिलो कम्पन आएपछि विद्यार्थीलाई  घर पठाउँदा ठूलो क्षति नभएको शिक्षक नरेन्द्र उपाध्यायले जानकारी दिए।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेट बझाङको चैनपुर आसपास केन्द्र भएर ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प पश्चिम नेपालसहित देशका विभिन्न स्थानमा महसुस भएको थियो। 

भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख बलबहादुर तामाङले लगातार दुईवटा भूकम्प गएको बताए। 

तस्वीर सौजन्य : नरेन्द्र उपाध्याय

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.