|
तस्विर सौजन्य : जिल्ला अस्पताल बझाङको फेसबुक

काठमाडौं : बझाङमा लगातार शक्तिशाली भूकम्पको धक्कापछि जिल्ला अस्पतालमा विरामीलाई बाहिरै सेवा दिइएको छ। 

दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएपछि एक गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालिएको छ। अस्पतालका नर्सहरू गर्भवती महिलालाई अस्पताल बाहिर प्राङ्गणमा राखेर सुत्केरी गराउन प्रयास गरिरहेका छन्।

भूकम्पपछि लगातार पराकम्प आइरहेकाले बाहिर राखेर सुत्केरी गराउन लागिएको अस्पताल प्रशासनले जनाएको छ। 

बझाङमै दिउँसो २ बजेर ४० मिनेटमा पनि ५ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पका कारण बझाङमा केही घर र विद्यालय भवन भत्किएका समाचार आए पनि विस्तृत विवरण आउन बाँकी छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.