|

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिएका छन्।

मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिएका हुन्। 

उनले ललिता निवास जग्गा प्रकरणको फाइल खोले पनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको बताए। उनले सत्ता गठबन्धनका मान्छे परेपछि उनीहरुलाई जोगाउनका लागि सरकारले पसिना छुटाउनु परेको बताए। उनले यो र त्यो फाइल खोल्छु भनेर प्रतिपक्षलाई तर्साउन लागेको भन्दै सरकारको ब्ल्याकमेलिङबाट आफूहरु नतर्सिने बताए।

अध्यक्ष ओलीले राष्ट्रिय एकता, सद्‍भाव र सहिष्णुताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध हुन आग्रह गरे। उनले राष्ट्रहित, विकासका प्रयासहरु, सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनताका विषयमा एकजुट हुनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.