काठमाडौं : बझाङमा शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ।
दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि लगातार परकम्प गइरहेको हो।
हालसम्म ४ रेक्टर स्केल माथिका चार वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
मंगलबार दिउँसो ३ बजेर १३ मिनेटमा चैनपुर केन्द्र भएर ५.१ रेक्टर स्केलको परकम्प गएको केन्द्रका प्रमुख बलबहादुर तामाङले बताए। त्यसपछि ३ : ४५ बजे ४.१, ४ : २८ मा ४.१ र ४ : ३१ मा ४.३ रेक्टर स्केलको परकम्प गएको उनले जानकारी दिए।
चार रेक्टर स्केलभन्दामुनी थुप्रै परकम्प गइसकेको उनले बताए। दिउँसो २ बजेर ४० मिनेटमा पहिला ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो।
लगातार परकम्पका कारण जनजीवन त्रसित भएको छ। भूकम्पले केही घर र विद्यालयका भवन भत्काएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।