काठमाडौं : बझाङमा गएको भूकम्पमा घाइते भएकाहरु उपचार गराउन जिल्ला अस्पताल पुग्न थालेका छन्।
हालसम्म ८ जना घाइते उपचार गराउन अस्पताल आएको बझाङ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. नवराज जोशीले बताए। उनका अनुसार ८ जनामध्ये १ जनाको खुट्टामा ठूलो चोट लागेको र अन्य भने सामान्य घाइते रहेको बताए।
हाल घाइते सबैको अस्पतालमा उपचार भइरहेको सुपरिटेन्डेन्ट डा जोशीले बताए। घाइतेहरुमा १८ वर्षीया सुनिता रोकाया, ३ वर्षीया निकिता बोहरा, ७ वर्षीया सलिना जोशी, १६ वर्षीया अलिस बम, प्रमिला जोशी, १३ वर्षीया सविता रोकाया र ३६ वर्षीया शान्तिदेवी थापा रहेका छन्।
यसअघि दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएपछि एक गर्भवती महिलालाई अस्पतालबाट बाहिर निकालेर डा जोशीकै टोलीले
सामान्य प्रसव गराएका थिए।
यसरी भूकम्पपछि अस्पतालको प्रांगणमा प्रसव गराइएकी महिला र नवजात दुवैको स्वास्थ्य अहिले सामान्य रहेको समेत डा जोशीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।