|

मानेभञ्ज्याङ (भारत) : चाँद एफसी तीनधारिया सातौँ मानेभञ्ज्याङ गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। रेडहर्स फुटबल क्लब इलामलाई ४-१ गोल अन्तरले हराउँदै चाँदले अन्तिम ८ मा स्थान तय गरेको हो।

खेलको सुरुवाती अग्रता इलामले लिएको थियो। २५ औ मिनेटमा आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाएका थिए।

४ मिनेट नबित्दै सौरभ तामाङले हेडर गोल गर्दै खेल बराबरी गरे। पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चाँदले ३ गोल थप्यो। खेलको ५० मिनेटमा अफ्रिकी खेलाडी मार्टिनले चाँदलाई पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए।

६५ औ मिनेटमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गरे। इन्जुरी समयमा दिवस तामाङले हेडर गोल गर्दै चाँदलाई ४-१ गोल अन्तरको जित निकाले। खेलको म्यान अफ दि म्याच सौरभ तामाङ घोषित भए।

जितसँगै चाँदले सेमिफाइनल प्रवेशका लागि जर्जियन एफसी कालिम्पोङ र डिएसए हाउडा कोलकाताबीचको विजेतासँग खेल्नेछ।

प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा दलसिंहपाडा डुवर्स र सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबीच प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.