चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायसँग तिहार मनाउन चितवन पुगेका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले चेपाङ समुदायसँग तिहार मनाउन आफू चितवन आएको बताए।
उनले भने, “चेपाङ समुदायले तिहार कसरी मनाउछन् हेर्नुछ। उनीहरुसँग बसेर देउसी, भैलो खेल्नु छ।” नेपालमा चेपाङ समुदायको धर्म संस्कृति, भाषा लोप हुने खतरामा पुगेको उनले बताए।
उनले थपे, “चेपाङको धर्म संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी छ।” मान्छेहरु पुरानो संस्कृति हेर्ने इच्छा गरेको देखिएको बताउँदै उनले चेपाङ समुदायको धर्म संस्कृति र भाषा संरक्षण गरेर पर्यटनसँग जोड्नुपर्ने बताए। उनीहरुको भाषा, धर्म र संस्कृति लोप भए नेपाल बहुजाति, धर्म संस्कृति भएको देश भन्न नसकिने उनको भनाइ थियो ।
फरक प्रसङ्गमा उनले भरतपुर विमानस्थलको धावनमार्ग चार सय मिटर थप गर्नेगरी काम भइरहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।