|

काठमाडौं : ललितपुरको ताखेलमा  मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

गोदावरी नगरपालिका–१० ताखेल चोकमा साँझ ६ ४० मा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।

मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको रूखमा ठोक्किँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय राम माझी र २५ वर्षीय विजय माझीको ज्यान गएको चापागाउँ प्रहरी वृत्तका वृत्त प्रहरी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

दुर्घटनापछि गम्भीर घाइते उनीहरूलाई पाटन अस्पताल लगिएको थियो।  चिकित्सकले दुवैलाई मृत घोषणा गरे। उनीहरूको शव अहिले पाटन अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.