|

काठमाडौँ : छठ पर्वको चहलपहलले अहिले मधेश मात्र नभएर राजधानी काठमाडौँ समेत धपक्क बलेको छ। राजधानीका जलाशय र नदी किनारमा बनाइएका चित्ताकर्षक घाटले सबैलाई आकर्षित गरेको छ।

गौरीघाटस्थित बागमती किनार पनि यति वेला सजाइएका विभिन्न रङका कलात्मक बिजुली बत्तीको उज्यालोले जगमगाएको छ।

भगवान् सूर्य र षष्ठी देवीको उपासना गरिने यो पर्वका लागि अहिले जलाशय र नदी किनारमा सुन्दर घाट बनाइएका छन्।

जलाशयमा कम्मरसम्म डुब्ने पानीमा आसन जमाएर सूर्यलाई अर्ध्य दिने परम्पराको यो पर्वमा घाटस्थलहरु अहिले बेहुली झैं सिङ्गारिएका छन्।

हिजो बिहीवार  कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबाअरबाइन’ विधिबाट पर्वको तयारी थालेका व्रतालुले आज शुक्रबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधि गरेका छन्। 

‘नहाय–खाय’ विधि व्रत सङ्कल्पका लागि पवित्र स्नान गरेर चोखोनितो खाएर व्रतको पूर्वतयारीसँग जोडिने पाका मैथिलहरु बताउँछन्। 

छठका लागि यसरी सिँगारिएको छ गौरीघाटस्थित बागमती किनारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.