|

गाजास्थित इण्डोनेसियाली अस्पतालमा इजरायली सेनाले आक्रमण गरेको छ। यसअघि त्यहाँको सबैभन्दा ठूलो अस्पताल अल–शिफा अस्पतालमा कारबाही चलाएको इजरायली सेनाले इण्डोनेसियाली अस्पताल बाहिर लडाकु जहाजबाट बम वर्षा गरेको अलजजिराले उल्लेख गरेको छ। 

युद्धका घाइते भर्ना गरिएको इण्डोनेसियाली अस्पतालमा पनि हमास लडाकु लुकेको भन्दै सेनाले आक्रमण गरेको हो। यता अल–शिफा अस्पतालमा अब घाइते मात्रै बाँकी रहेको जनाइएको छ। यो अस्पतालबाट आइतबार ३२ नवजात शिशुसहित स्वास्थ्यकर्मीलाई बाहिर निकालिएको थियो। साढे २००भन्दा बढी घाइते निस्किन नसकेर अस्पतालमै रहेको जनाइएको छ।

यसैबीच गाजाको खान युनिसस्थित शरणार्थी शिविरमा खानेपानीको हाहाकार भएको छ। बाढीको चपेटामा परेका विस्थापित संयुक्त राष्ट्रसंघीय शिविरमा खानेपानीका लागि लाइन लागेका छन्। सार्वजनिक भएका तस्विरमा बाढीले जलमग्न भएको क्षेत्रमा कयौँ मानिस खानेपानीका लागि लाइनमा लागेको देखिन्छ। 

इजरायलले जारी राखेको आक्रमणमा ७ अक्टोबरयता १३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.