|

काठमाडौँ : नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरूलाई थप सहयोग गर्नेबारे छलफल भएको छ।

सोमवार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा राहत उद्धार, पुनःनिर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई कसरी थप सहयोग गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।

बैठकमा समसामयिक विषयमा पनि छलफल भएको बताए। उनले सरकारले अस्थायी आवासका लागि प्रभावित परिवारलाई दिने भनेको ५० हजार रुपैयाँ आज जिल्ला तहमा पुग्ने बताए।

उनले प्रभावित परिवारलाई सहयोगका लागि पार्टीको आह्वानमा खटिन चाहनेहरूले अस्थायी आवास निर्माणका लागि सहयोग गर्नसक्ने बारेमा पनि छलफल भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.