|

काठमाडौं : अग्रता जोगाउन नसक्दा घरेलु टोली टोटनह्याम इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लासँग २–१ ले पराजित भएको छ।

जितसँगै १३ खेलमा २८ अंक जोडेको एस्टन भिल्ला चौथो स्थानमा उक्लिएको छ। पराजय ब्यहोरेको टोटनह्याम समान खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा छ।​

टोटनह्याम रंगशालामा एस्टन भिल्लालाई जित दिलाउन पउ टोरेस र ओली वाट्किन्सले गोल गरे। टोटनहमका लागि जियोवानी लो सेल्सले गोल गरे।

खेलको ३२ औं मिनेटमा सेल्सको गोलमार्फत टोटनहमले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा टोरेसले एस्टन भिल्लालाई बराबरीमा ल्याए।

६१ औं मिनेटमा वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २û१ को पुनरागमन जित दिलाए।

गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ३–० को शानदार जति निकाल्यो। जितपछि २४ अंकसहित युनाइटेड तालिकाको छैठौं स्थानमा उक्लिँदा पराजित एभर्टन १३ खेलमा चार अंकसहित रेलिगेशनबाट जोगिन संघर्षरत छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.