|

काठमाडौं : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अहिले मौसम आंशिकदेखि सामान्य बदली छ। बाँकी भागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बाँकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। 
 
यी चारलगायत अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको अनुमान महाशाखाले गरेको छ। बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति कर्णाली र  सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.