|

वेस्ट बैंकमा इजरायली सैनिकहरूसँगको झडपमा कम्तिमा सात जना प्यालेस्टाइनीको मृत्यु भएको छ। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरमा रहेको एउटा घरमा इजरायली बम विष्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाइएको छ।

केही घण्टाअघि जेनिनका विभिन्न स्थानहरूमा मुठभेडका क्रममा इजरायली सेनाको गोलीबाट चार प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ। इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा आफ्नो अपरेशनको क्रममा पाँच प्यालेस्टिनीहरूलाई मारेको बताएको छ।

 यो वर्षको सुरुमा इजरायली बुबा र छोराको हत्या गरेको शंकास्पद एक प्यालेस्टाइनीलाई पक्राउ गरिएको थियो। प्यालेस्टाइनी रेड क्रिसेन्टकाअनुसार नाब्लस शहरमा इजरायली सेनाले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। अल–बिरेह सहरमा, सिगोट बस्ती नजिकै इजरायली सेनाको गोलीबाट एक १६ वर्षीय बालकको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायलले यी दुई घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण सुरूभएदेखि वेस्ट बैंकमा कम्तिमा २४० प्यालेस्टाइनीको मृत्यु भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.